बालिकामाथि बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरूष पक्राउ
काठमाडाैं | असोज ३०, २०८०
सांकेतिक तस्बिर
झापामा बालिकामाथि बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरूष पक्राउ परेका छन्।
८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिवसताक्षी नगरपालिका-५ का ५५ वर्षीय फुलसिंह ताजपुरिया पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।
ताजपुरियाविरूद्ध पीडितका परिवारले घर निजिकै खेल्न गएकी बालिकालाई ललाइफकाइ बलात्कार गरेको भन्दै उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

